मजदुर तथा गरीबले यसरी पाउँछन् राहत, यस्तो छ प्रक्रिया

रातोपाटी

काठमाडौँ

एलिजा उप्रेती

देश अहिले लक डाउनमा छ । अझै एक साता लकडाउनको समय थप गरी चैत २५ गतेसम्मलाई पुर्याइएको छ । यो समय सर्वाधिक मारमा परेको वर्ग भनेको दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरु नै हुन् । लक डाउनले मजदुर वर्गको चुल्हो निभ्ने अवस्था आएको भन्दै विभिन्न समाचारहरु प्रकाशित भइरहेका थिए ।

सरकारले केही ढिला गरेर भएपनि उनीरुको पक्षमा निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउदै अर्थमन्त्री तथा सरकारको प्रवक्ता समेत रहेका डा. यूवराज खतिवडाले श्रमिक तथा दैनिक ज्याला मजदूरी गरी खानेका लागि दैनिक गुजारा चल्ने गरी स्थानीय तहसँग समन्वय गरी राहत उपलब्ध गराउने बताए । उनका अनुसार परिचयपत्र हेरेर स्थानीय तहले लकडाउन अवधीभर खाद्यान्य वितरण गर्नेछ ।

प्रकाशित मिति: : 2020-03-30 16:48:39

प्रतिकृया दिनुहोस्