९ सय १७ को कोरोना परीक्षण, पाँचको नतिजा पोजेटिभ

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा अहिलेसम्म ९ सय १७ जनाको कोरोना भाइरसको परीक्षण गरिएकोमा पाँच जनाको नतिजा पोजेटिभ देखिएको छ।

पोजेटिभ देखिएकामध्ये सुरूका व्यक्ति भने निको भएर घर फर्किसकेका छन्। बाँकी चार जनाको भने आइसोलेसनमा उपचार भइरहेको छ। जसमा दुई जना टेकु अस्पताल, एक जना सेती अस्पताल र एक जना धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा छन्।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आइतबारसम्म ९ सय १७ जनाको परीक्षण गरिएको जानकारी गराएका हुन्।

‘परीक्षण गरिएकामध्ये  पाँच जनाको पोजेटिभ र ९ सय १२ जनाको नेगेटिभ देखिएको छ,’उनले भने।

हिजोमात्र बेल्जियमबाट फर्किएकी बाग्लुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो। अहिले उनको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
 

प्रकाशित मिति: : 2020-03-30 06:08:33

प्रतिकृया दिनुहोस्