सुमन दाहाल
आज बिहान उठ्ने बित्तिकै फेसबुकमा नजर पुग्यो। एक जना मित्रले 'हिजो सुत्ने बेलामा १९ को लाइनमा रहेको मृतकको संख्या बिहान उठ्दा २१ को लाइनमा पुगेछ,' भनेर स्ट्याटस लेखेको देखें। यस स्ट्याटस पढिरहँदा मनमा केही कुरा खेलिरहे। तिनै कुरा यहाँ साट्न खोजिरहेको छु।
हामी कोरोनाका कारण धर्तिका मानवबिचमा एक प्रकारको अपनत्व विकास भएको जस्तो लाग्यो। यो महामारीभन्दा फरकका दिनमा र प्रसंगमा पनि दैनिक यसैगरी लाखौं मानिस मरिरहेका हुन्छन्, हुन्थे। तर त्यसमा हाम्रो त्यति ध्यान पुगेको थिएन। ध्यान पुगेको थियो भने पनि यति छिटो छिटो, क्षणक्षणमा अपडेट लिइरहेका हुने थिएनौं हामीले।