भारतीय सेनाको मेडिकल टिम नेपाल आउने ? : नेपाली सेना भन्छ, ‘भारतीय मिडियाले हल्ला फैलाए’

रातोपाटी

काठमाडौँ

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भारतीय सेनाको मेडिकल टिम नेपाल आउन लागेको भन्ने समाचारको नेपाली सेनाले खण्डन गरेको छ । भारतीय सञ्चारमाध्यमहरुले नेपालमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सघाउने उद्देश्यले भारतीय सेनाको मेडिकल टिम नेपाल जान लागेको समाचार प्रकाशित गरेका छन् । रातोपाटीले यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेसँग जानकारी माग्दा पाण्डेले उक्त समाचारमा सत्यता नरहेको प्रष्ट पारे ।

उनले भने, ‘यो गलत समाचार हो, नेपाल सरकारको कुनै पनि निकायले भारतसँग यस प्रकारको कुनै सहयोग मागेको छैन ।’ यसैबारेमा परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौडेलसँग सम्पर्कको प्रयास गरे पनि उनी सम्पर्कमा आएनन् ।

प्रकाशित मिति: : 2020-03-29 10:41:35

प्रतिकृया दिनुहोस्