जनरल मोटर्सलाई राष्ट्रपति ट्रम्पले दिए भेन्टिलेटर उत्पादन गर्न आदेश

एजेन्सी

काठमाडाै‌ं

अमेरिकी बहुराष्ट्रिय कम्पनी जनरल मोटर्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले भेन्टिलेटर उत्पादन गर्न आदेश दिएका छन्।

कोरोना भाइरसका कारण संक्रमति भएका बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटरको अभाव भएका बेला ट्रम्पले सवारी साधान र त्यसका सामान उत्पादन गर्ने जनरल मोटर्सलाई यस्तो आदेश दिएका हुन्।

उनले कोरियाली युद्धका बेलाको सुरक्षा सामग्री उत्पादन सम्बन्धी कानूनको उल्लेख गर्दै यस्तो आदेश दिएका हुन्। सो कानून अनुसार राष्ट्रपतिले कम्पनीहरुलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक सामग्री उत्पादनका लागि बाध्य पार्न सक्छन्।

ट्रम्पले कार निर्माता जाइन्टका प्रमुख कार्यकारीले समय खेल फालिरहेको आरोप लगाउँदै अमेरिकीको जीवन जोगाउनका लागि तत्काल प्रतिक्रियाको खाँचो रहेको बताए।

अमेरिका अहिले कोरोना भाइरसको विश्वव्यापी महामारीको नयाँ इपिसेन्टर बनेको छ। अहिलेसम्म अमेरिकामा एक लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-03-28 21:12:41

प्रतिकृया दिनुहोस्