चीनमा कोरोना संक्रमण नियन्त्रणमा, शुक्रबार मर्नेको संख्या शून्य

गत डिसेम्बरको तेस्रो साता चीनको हुवेई प्रान्तको उहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणले विश्व आक्रान्त भएको बेला चीनले भने यसमा नियन्त्रण बनाएको छ। 

शुक्रबार चीनमा कोरोनाका कारण एक जना मानिसको पनि मृत्यु भएन। करिब अढाई महिना कोरोनाका कारण थलिएको चीनमा ३ हजार २ सय ९२ जनाले ज्यान गुमाएका थिए। यहाँ ८१ हजार ३ सय ४० संक्रमणको घटना भेटिएको थियो भने ७४ हजार ५ सय ८८ जना स्वास्थ्य लाभ गरेर फर्किएका थिए। हाल एक हजार ३४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। 

पछिल्लो समय चीनमा बाहिरबाट आउने व्यक्तिमा कोरोनाको प्रभाव अत्याधिक देखिएको छ। कोरोनाको उद्गम स्थल मानिएको उहान विस्तारै पुरानो अवस्थामा फर्किन लागेको स्थानीय समाचार एजेन्सीहरूले बताएका छन्। 
 

प्रकाशित मिति: : 2020-03-28 19:03:15

प्रतिकृया दिनुहोस्