बेलायतका स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।
स्वास्थ्य मन्त्री ह्यानककलाई पनि संक्रमण भएको पुष्टि भएको बेलायती अधिकारीले गरेको बीबीसीले उल्लेख गरेको छ। उनले पनि आफ्नै किसिमले एकान्तमा बस्ने र उपचार गराउने बुझिएको छ।
आजमात्रै प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले बोरिस जोनसनमा पनि कोरोनाको संक्रमण सकारात्मक देखिएको जनाएकाे थियाे।
उनी हाल ‘सेल्फ आइसोलेसन’ मा छन्।
‘पछिल्लो २४ घण्टा सामान्य लक्षण देखिएपछि मैले कोरोना भाइरसको परीक्षण गराएको थिए, जसको नतिजा सकारात्मक आएको छ,’ जोन्सनले शुक्रबार आफ्नो ट्वीटरमार्फत जानकारी गराए।
उनले आफू ‘आइसोलेसन’ मा रहेको तर सरकारी कामकाज भिडियो कन्फ्रेन्समार्फत चलाइरहेको जानकारी दिए।
बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ भने ५७८ जनाको मृत्यु भएको छ।
विश्वभर कोरोनाभाइरस संक्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ। विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति संक्रमित भैसकेका छन्।