धनगढीमा पनि कोरोना संक्रमित फेला, नेपालमा चौथो व्यक्ति भेटिए (भिडियो)

नेपालका चौथो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ। धनगढीका एक व्यक्तिमा शुक्रबार कोरोना भाइरसको संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या ४ पुगेको हो।

उनको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

डा देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ आकस्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो। यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति: : 2020-03-28 08:29:16

प्रतिकृया दिनुहोस्