रुसमा ७ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी

काठमाडाै‌ं

रसियामा ७ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको छ। रुसी भौगर्भिक सेवाका अनुसार भूकम्प मंगलबार बिहान १ बजेर ४९ मिनेटमा गएकाे हाे।

प्रारम्भिक विवरण अनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन। 

भूकम्पकाे केन्द्रबिन्दु रूसको कुरील टापुको सेभेरोको २१ किलोमिटर दक्षिणपूर्व रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले जनाएकाे छ।

भूकम्प गएको स्थान जापानी शहर साम्पोरोबाट एक हजार चार सय किलोमितर उत्तरपूर्वमा रहेको छ। भूकम्पमा जमिनमुनिको ५९ किलोमिटर तलबाट बिस्फोट भएको बताइएको छ। भूकम्पपछि त्यस क्षेत्रमा अत्यावश्यकीय सेवाहरु प्रभावित भएका छन्।

भुकम्पपछि सुनामीको चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एक हजार किलोमिटरसम्मको दूरीमा सुनामी आउन सक्ने बताइएको छ। 

प्रकाशित मिति: : 2020-03-25 21:59:08

प्रतिकृया दिनुहोस्