१०० रुपैयाँ रिचार्ज गर्दा २०० रुपैयाँ दिनू: दूरसञ्चार

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्जमा शतप्रतिशत बोनस दिन निर्देशन दिएको छ। प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कुनै थप शुल्क वा ब्याज लिन नपाउने गरी बोनस दिन निर्देशन दिएको हो। 

प्राधिकरणको यो निर्णय नेपाल टेलिकम, एनेसल लगायत मोबाइल सेवा प्रदायक कम्पनीहरुले कार्यान्वयन गर्नुपर्नेछ। अब तपाइले १०० रुपैयाँ रिचार्ज गर्नु भयो भने मोबालमा २०० रुपैयाँ प्राप्त हुनेछ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार सापटी रकममा कुनै प्रकारको अतिरिक्त शुल्क लिन पाइने छैन।

हाल नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकलाई बढीमा २० रुपैयाँसम्म ब्यालेन्स सापटी दिंदै आएका छन्।
 

प्रकाशित मिति: : 2020-03-25 10:20:04

प्रतिकृया दिनुहोस्