जिल्ला प्रशासन कार्यालय,कैलाली सोमबारदेखि कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले एक सूचना सम्प्रेषण गर्दै निषेधाज्ञा जारी गरेका हुन्।
जारी निषेधज्ञा अनुसार अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन अनुसार घरभन्दा बाहिर ननिस्कन भनिएको छ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै त्यसबाट जोगिनको लागि सबै प्रकारका भेला, सभा, सम्मेलन, सेमिनार, गोष्ठीलगायत कार्यक्रम र भीडभाड नगर्न र नगराउन समेत आदेश जारी गरिएको छ।