बजारमा अनुगमन गर्न सादा पोसाकका प्रहरी परिचालन  

बिएल संवाददाता

काठमाडाै‌ं

 सरकारले बजारमा कालोबजारी हुन सक्ने भन्दै सादा पोसाकका प्रहरी परिचालन  गरेको  छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन आवतजावतमा कडाइ गरेसँगै कालोबजारी हुनसक्ने भन्दै प्रहरी परिचालन गरिएको हो।

काठमाडौं उपत्यकामा रहेका दुई सय युनिटबाट सादा पोसाकको प्रहरी टोली खाद्यान्न, ग्यास, औषधि पसललगायतका अत्यावश्यक वस्तुको किनबेच हुने स्थानमा निगरानीका लागि परिचालन  गरिएको  छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले कोरोना संक्रमण फैलिन सक्ने भन्दै आमनागरिकमा सन्त्रास फैलिएको  अवस्थामा देश एक किसिमको अप्ठ्यारो अवस्थामा गुज्रिएको वेला अत्यावश्यक वस्तु लुकाउने, कृत्रिम अभाव  सिर्जना  हुन सक्नेतर्फ उपत्यकाका सबै प्रहरी युनिटबाट सादा पोसाकमा प्रहरी परिचालन  गरिएको  बताए। 

महानगरीय प्रहरी कार्यालयले ग्यास, इन्धनलगायतका अत्यावश्यक वस्तुको बिक्री–वितरण  हुने  स्थान, पसल तथा गोदामको  नियमित  निरीक्षण तथा अनुगमन  भइरहेको  जनाएको  छ।

यसैक्रममा सोमबार बिहान डिआइजी  पोखरेलको  नेतृत्वमा बजार अनुगमन तथा कालोबजारी  नगर्न–नगराउन र त्यस्तो गरेको  पाइएमा तत्काल  प्रहरीलाई खबर गर्न आह्वान गदै  माइकिङ अभियान सुरू  गरेको  छ।

प्रकाशित मिति: : 2020-03-24 02:07:56

प्रतिकृया दिनुहोस्