दुई वर्षमा ३ वटा शाखा, १६ थरी स्वाद

सेतोपाटी

काठमाडौं

जुना श्रेष्ठ

चिया, साथी र गफ। यति भए हामीलाई के चाहियो! तर चियासँगै मनपर्ने मान्छेसँग मीठो गफका लागि यहाँ खोजे जस्तो ठाउँ नै कति छ र? जाडो होस् वा गर्मी, जहाँ पुगे पनि चिया पिउन रुचाउने राजिव शाही र विष्णु घिमिरेलाई पनि यस्तो ठाउँको अभाव खट्किन्थ्यो। आफ्नै व्यवसाय गरौं भन्ने सोच राखेका विष्णु र राजिवको यही अनुभवले चिया व्यवसायमा सम्भावना देखे। २०७४ तिर त्यही सम्भावनाले सञ्चालन गरे 'चिया घर'। राजिव र विष्णुसँगै थप चार जनाको लगानीमा सुरू भएको चिया घर हाल यी दुईबाहेक कृष्ण गिरीले सम्हाल्दै छन्।

चिया घरको विशेषता हो, यहाँ पाइने सोह्र स्वादका चिया र पारिवारिक वातावरण। 'चिया पसल भन्नासाथ सानो ठाउँ, खचाखच मान्छे अनि अशान्त वातावरण बुझ्छौं। कि भने क्याफे, रेस्टुरेन्ट। हामीलाई यो छवि पनि फेर्नु थियो,' सञ्चालक राजिव भन्छन्, 'गाउँ–घरमा परिवारसँग चिया खाँदै आँगनमा गफिन्छौं नि! त्यही वातावरण यहाँ दिन खोजेका छौं।'

प्रकाशित मिति: : 2020-03-24 01:01:42

प्रतिकृया दिनुहोस्