सुविधा लिन अग्रपंक्तिमा हुने धनाढ्यहरु संकटका बेला कहाँ हराए?

सन्तोष भट्टराई

कोरोनाभाइरसको कहरले विश्व आक्रान्त बनेको छ। कोरोनासँग जुध्न विश्वभरका सरकारदेखि निजी क्षेत्रसम्म जुटेका छन्। विश्वका धनाढ्यहरु कोरोनासँग जुध्न आफुले कमाएको रकम खर्च गर्न तयार छन्। तर, नेपालका धनाढ्यहरुको ध्यान भने आपत परेको बेला सहयोग गर्नेतर्फ छैन। उनीहरुले यस्तो बेला आफुले कमाएको केही प्रतिशत रकम खर्च गरेर परोपकारीता देखाउनु पर्ने हो। तर, उनीहरु यो संकटमा अब राज्यबाट राहत कसरी आफैले बढी लिउँ भन्ने ध्याउन्नमा छन्।

जनतालाई सहयोग गर्ने त परको कुरा सरकारसँग ब्याज छुटलगायतका माग राखेर बार्गेनिङ गरिरहेका छन्। जुन कुरा यो समय उनीहरुको लागि सुहाउने विषय होइन्। ठूला धनाढ्य चुप रहँदा साना व्यवसायी भने सरकारलाई सघाउन तयार देखिएका छन्। साना तथा मझौला होटल व्यवसायीले होटललाई क्वारेन्टाइन स्थल बनाउन दिने घोषणा गरेका छन्। उनीहरुले उपत्यकामा रहेका होटलका ३० हजार कोठालाई क्वारेन्टाइन बनाउन दिने र उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षसँग समन्वय गरी क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेका छन्। विश्व आपतमा परेका बेला गर्ने यस्तै सहयोग हो– आफ्नो बुताले भ्याएको सहयोग गर्ने।

प्रकाशित मिति: : 2020-03-24 00:42:39

प्रतिकृया दिनुहोस्