कोरोनाबाट भारतको महाराष्ट्र उच्च जोखिममा, थपिए १५ बिरामी

भारतमा कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट संक्रमित हुनेको संख्या बढेर ४२५ पुगेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र राज्य कोरोनाको उच्च जोखिममा देखिएको छ।

सोमबार बिहानसम्म कुल ४२५ जना बिरामी रहेको भारतमा २९ जना कोरोना बिरामीहरु फेला परेको पुष्टी भएको छ। यी सबै महाराष्ट्र राज्यका हुन्। महाराष्ट्रमा संक्रमितको संख्या ८९ पुगेको महाराष्ट्र सरकारले जानकारी दिएको छ।

नयाँ बिरामीहरु मध्ये १४ जना मुम्बईका हुन् भने एक जना पुणेका छन्। 

दिन प्रतिदिन बिरामीहरुको संख्या बढेपछि, महाराष्ट्र सरकारले धारा १ सय ४४ लागू गरेको छ।

प्रकाशित मिति: : 2020-03-24 00:29:22

प्रतिकृया दिनुहोस्