सरकारले २५ जनाभन्दा धेरैलाई समूहमा नबस्न र सामाजिक तथा धार्मिक कार्य नगर्न आग्रह गरेको छ। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उक्त आग्रह गरिएको हो।
यो महिना व्रतबन्ध लगायत धार्मिक र सामाजिक काम गर्न लागे त्यसलाई तत्काललाई रोक्न पनि सरकारले आग्रह गरेको छ। २५ जनाभन्दा माथि हुनेगरी धार्मिक वा सामाजिक कार्य गरे कारबाही हुने गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले परिस्थिति हेरी अरु निर्णय गर्ने पनि जनाएको छ