बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमण देखिएको छ। यस्तै कोरोना संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए।
बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन्।
बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ। उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ।