ब्राजिलको चर्चित शहर साओ पाउलो दुई साताका लागि बन्द गरिएको छ। कोरोना भाइरसको संक्रमणविरूद्ध लड्न १४ दिनको लागि पुरै ‘लक–डाउन’ गरिएको गर्भनर जाओ डोरियाले बताए। शहरमा बसोबास गरेका जनतालाई आउँदो मंगलबारदेखि ७ अप्रिलसम्म क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ।
डोरियाले अत्यावश्यक व्यवसाय तथा सेवा सुविधाबाहेक बार र रेष्टुराँ बन्द हुने पनि बताएका छन्।