कोरोनाको असर : ट्याक्सीदेखि रिक्सावालासम्मको रोजगारी गुम्यो

रातोपाटी

काठमाडौं

धादिङ नौबिसेका बिन्दा तामाङले काठमाडौँमा ट्याक्सी चलाउन थालेको झन्डै २५ वर्ष भयो । यही काम गरेर उनले ६ छोराछोरी हुर्काए । २ छोरीको विवाह पनि गरिसके ।माघ २३ मा सहकारीबाट १४ लाख ऋण लिएर २३ लाख ५० हजार पर्ने नयाँ ट्याक्सी किनेपछि उनी आफैं मालिक बने  ।‘यात्रु भेटिन छाडिसके । ऋण कसरी तिर्ने भनेर चिन्तित छु । अब घर फर्कन्छु,’ उनले भने,‘ कोरोनाको त्रास आउनुअघि तेल हाल्ने र सर्भिसिङ गर्ने रकम छुट्टयाएर दैनिक २७ सयजति बचत हुन्थ्यो । यो रकमले घर खर्च र गाडीको किस्ता तिर्ने योजना थियो । सबै भताभुङ्ग भयो ।’

प्रकाशित मिति: : 2020-03-22 01:45:24

प्रतिकृया दिनुहोस्