भारत र चीनले गरे नेपाललाई सहयोगको अफर

नेपालले चीनलाई बुझायो आवश्यक उपकरण र सामग्रीको सूची

भारतले आवश्यक परेको वेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितको र्‍यापिड रेस्पोन्स टिम पठाउने आश्वासन दिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो अफर गरेका हुन् । ज्ञवालीले भारतको अफरलाई स्वागत गरेको र त्यसका लागि भारतलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारतीय विदेशमन्त्री जयशंकरलाई मन्त्री ज्ञवालीले अत्यावश्यक औषधि र खाद्य पदार्थको आपूर्ति थप सहज बनाउनुपर्नेमा जोड दिएका छन् । भारतस्थित नेपाली दूतावासले पनि विदेश मन्त्रालयमा यसबारे छलफल गरेको परराष्ट्र स्रोतले बतायो । 

प्रकाशित मिति: : 2020-03-22 01:30:27

प्रतिकृया दिनुहोस्