नेपाल वायुसेवाकाे दिल्ली, मुम्बई र बैंगलोर उडानहरु स्थगित

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल वायुसेवा निगमले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु चैत्र ९ गतेदेखि लागु हुने गरी स्थगित गरेको छ।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडानहरु चैत्र १६ गतेसम्मका लागि स्थगित गरिएको हो।
 
चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-03-21 21:09:52

प्रतिकृया दिनुहोस्