‘प्रधानमन्त्रीको सम्बोधनमा ‘लक डाउन’ को घोषणा छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह गर्ने सम्बोधनमा ‘लक डाउन’ को घोषणा नहुने निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यस्तो घोषणा नहुने बिएल नेपाली सेवालाई जानकारी दिए । 

बजारमा हल्ला फैलिएकोबारे जिज्ञासा राख्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘त्यस्तो कुनै घोषणा हुँदै छैन । कोरोनाविरुद्धको लडाइँबारे जनतालाई सम्बोधन गर्नुहुनेछ ।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले शुक्रबार साँझ छ बजे रेडियो नेपाल र टेलिभिजनमार्फत् जनतालाई सम्बोधन गर्ने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग अहिलेको अवस्थाबारे शुक्रबार विहान छलफल गरेका थिए । कोरोनाविरुद्धको लडाइँको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न लागेका हुन् ।

प्रकाशित मिति: : 2020-03-21 05:43:01

प्रतिकृया दिनुहोस्