कोरोनाबारे केटाकेटीसँग कुरा गर्नुभो ?

 

सजिना ढुंगाना

इन्टरनेटको सहज उपलब्धता अनि कोरोना भाइरसको अत्यास । हामी पटक–पटक हेरिरहेका छौँ, संसारमा कहाँ कति मरे । इटाली, इरान वा अमेरिकामा कति यसबाट पीडित भए, चीनमा अवस्था के छ ! समाचार हेर्दै, बुझ्दै थाहा पाउँदा सबैभन्दा पहिले म नै पोस्ट्याउँछु भन्ने होडमा जानी–नजानी फेसबुक र ट्विटरका भित्ता तताउँदै गर्दा घरका बालबालिका के सोच्दै छन्, तिनले के बुझे या बुझेका छैनन् भन्नेबारे के हामीले ध्यान दिन भ्याएका छौँ ? 

पटक–पटक टेलिभिजनको पर्दामा कोरोनाको समाचार हेर्दा, पत्रिकाका हेडलाइन पढ्दा तपाईंका केटाकेटी कहाँ थिए, तपाईंसँगै थिए यो थिएनन् ? थिए भने समाचार हेरेर आत्तिए कि आत्तिएनन् ? तपाईंले ओहो ! अब त केही पाइँदैन रे, सबैतिर बन्द भैसक्यो रे भनेर छिमेकीसँग कुरा गर्दा उनीहरूले सुने कि सुनेनन् होला ? चैतको मध्यबाट बिदा हुने स्कुल अचानक एक साताको सूचनामा हतारहतार परीक्षा लिएर बिदा दिँदा कति तर्सिए होलान्, के हामीले यसबारे केही सोचेका छौँ ? 

प्रकाशित मिति: : 2020-03-20 04:51:23

प्रतिकृया दिनुहोस्