स्पेनिस कल्ब रियल मड्रिडले वेल्सका स्टार फरवार्ड ग्यारेथ बेललाई बेच्ने भएको छ।
रियलमा बेलको सम्झौता अझै दुई वर्ष बाँकी रहेको छ। रियलका प्रशिक्षक जिनेदिन जिदान र ग्यारेथ बेलबीचको सम्वन्ध राम्रो हुन सकेको छैन। त्यसैले पनि रियल बेललाई यो सिजनमा बेच्ने मनासयमा रहेको स्पेनिस पत्रिका मार्काले जनाएको छ।
खराब प्रदर्शनसँगै रियरलमा पहिलो रोजाईमा मौका नपाएपनि बेल चिनिया क्लबमा जाने योजना बनाएको थियो। तर, रियलले बेलको प्रस्तावलाई नकार्दै क्लबमै राखेको थियो।
बेलले सेप्टेम्बर यता जम्मा तीपटक मात्रै मौका पाएका छन्। स्पेनिस ला लिगामा गोल गर्न सकेका छैनन्।
बेल सन् २०१३ मा त्यो बेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा इंग्लिस क्लब टोटनह्यामबाट रियल मड्रिड गएका थिए। रियलबाट उनले चारपटक च्याम्पियन्स लिग, एकपटक ला लिाग, एक पटक कोपा डेल रे, तीन पटक युइएफए सुपर कप र तीन पटक क्लब वर्ल्ड कपको उपाधि जितेका छन्।