परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्- एमसिसी यही अधिवेशनबाट पारित हुनुपर्छ (भिडिओ)

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संसदको जारी अधिवेशनबाटै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित हुनु पर्ने बताएका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै नेकपा स्थायी समिति सदस्यसमेत रहेका परराष्ट्र मन्त्री ज्ञवालीले यो अधिवेशनबाट पनि एमसिसीको टुंगो नलगाए थप अन्यौल उत्पन्न हुने बताए।

एमसिसीबारे अध्ययन गर्न गठित नेकपाको कार्यदलले एमसीसीलाई संशोधन गरेरमात्रै पारित गर्न सुझाव दिएको छ। कार्यदलमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक छन् भने स्थायी समिति सदस्य भीम रावल र मन्त्री ज्ञवाली सदस्य छन्।

'अघिल्लो अधिवेशन(वर्षै)बाटै एमसिसी पारित हुनुपर्ने थियो। सेप्टेम्बर यता जति पनि खर्च भएका छन् परियोजना सुरू हुनुभन्दा अगाडिका कामको सबै खर्च नेपाल सरकारले व्यहोरिरहेको छ। त्यसैले यसलाई अब ढिलो गर्नु हुँदैन,' ज्ञवालीले भने,'नेपालको विकासको परियोजनामा यो तहको सहयोग, अहिले उठेका सरोकारलगायतलाई ध्यानमा राखेर पार्टी पनि एउटा निष्कर्षमा पुग्छ र सरकारले पनि एउटा टुंगोमा पुर्‍याउँछ भन्नेमा म विश्वस्त छु।'

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय परिवर्तन हुन सक्ने समेत ज्ञवालीले बताए।

 

 

प्रकाशित मिति: : 2020-03-19 00:54:33

प्रतिकृया दिनुहोस्