युरोपका ३० देशमा विदेशीलाई प्रवेश निषेध

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमण फैलिन नदिन युरोपियन युनियन (इयु)ले ३० दिनसम्म युरोपको यात्रामा प्रतिबन्ध लगाउने भएको छ। 

नयाँ नियम इयुका २६ देशसहित आइसल्याण्ड, लिचेस्टाइन, नर्वे र स्वीट्जरल्याण्डमा लागु हुने छ। तर बेलायती नागरिकमा भने याे नियम लागु हुने छैन।

इटाली र स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि इयुका देशहरुले सीमामा कडाइ गर्ने भएका हुन्। इटलीमा  पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ। भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच सय तीन पुगेको छ। भाइरसको सङ्क्रमण देखिएका ३१ हजार पाँच सय ६ जनामध्ये झण्डै तीन हजार जना उपचारपछि निको भएका छन्। 

फ्रान्सले हिँडडुलमा प्रतिबन्ध लगाएको छ।

नयाँ नियमले गैर युरोपेली यात्रुलाई प्रभावित गर्ने भएको छ। लामो समयदेखि बस्दै आएका, कूटनीतिज्ञ, युरोपेलीका परिवारका सदस्य, सीमा क्षेत्रका कर्मचारी, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने व्यक्तिमा भने नयाँ नियम लागु हुने छैन।

 

प्रकाशित मिति: : 2020-03-18 20:46:11

प्रतिकृया दिनुहोस्