इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्सका अर्का एक खेलाडीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मिडफिल्डर ब्लेज माटुइडीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो।
३२ वर्षिय विश्वकप विजेता फ्रान्सेली खेलाडी ब्लेज कोरोना भाइरसको लक्षण देखिएपछि एक हप्ता अघि (मार्च ११) देखि स्वतन्त्र रुपमा आइसोलेसनमा थिए। कल्बले एक विज्ञप्ती निकाल्दै उनमा संक्रमण पुष्टि भएको जनाएको छ।
यसअघि युभेन्ट्सका सेन्टर–ब्याक डानिएले रुगानीलाई गएको हप्ता कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो। इटालीमा सबै आन्तरिक फुटबल गतिविधिहरु कम्तिमा आउँदो अप्रिल ३ सम्मका लागि स्थगित भएका छन्।