मदिराबाट बन्ने सेनिटाइजर प्रभावकारी, तर होसियारी नअपनाए दुर्घटनाको खतरा

मदिराप्रति तपाईंको धारणा के छ ? के तपाईं कोरोनाभाइरस (कोभिड–१९)बाट डराइरहनु भएको छ ? कोरोनाभाइरसको संक्रमणबाट जोगिन तपाईंले बजारमा सेनिटाइजर पाइरहनुभएको छैन ? नआत्तिनुहोस्, अब तपाईंले स्वदेशी सेनिटाइजर नै पनि सजिलै आफैं बनाउन सक्नुहुनेछ । हो, तपाईंले घरेलु रक्सीलाई प्रक्रिया पु-याएरसेनिटाइजरका रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

ललितपुर महानगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रष्ठिान (नास्ट)को सहकार्यमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार इथानोल, ग्लिसिरिन, डिस्टिलवाटर, हाड्रोजन पेरोअक्साइडको  सम्मिश्रणबाट सेनिटाइजर बनाउन थालिएको हो ।

सामान्यतः रक्सी बनाउने प्रक्रियामा उत्पादन हुने इथानोल अल्कोहल उपलब्धता नभएको खण्डमा घरेलु मदिराबाट नै पनि त्यसो बनाउने सकिन्छ । अहिले नाष्टले रक्सीबाट इथानोल अल्कोहल निकालेर ग्लिसिरिन, डिस्टिलवाटर, हाड्रोजन पेरोअक्साइडको समिश्रणबाट सेनिटाइजर बनाउने तरिका गत आइतबारबाट नाष्टको कार्यालयमा सिकाउन सुरु गरिएको छ । 

रक्सी प्रति आममानिसको धारणा सकारात्मक पाइँदैन । अत्याधिक रुपमा मदिरा पिउने महिला वा पुरुषलाई समाजले राम्रो दृष्टिले पनि हेर्दैन । यद्यपि, यतिबेला भने मदिराबाट निकालिएको इथानोलको प्रयोग गरेर बनाइएको सेनिटाइजरको प्रयोगबाट कोरोनाको संक्रमण तथा अन्य सरुवा रोगबाट बच्न सकिने कुरा नाष्टका वैज्ञानिक डा.सजनलाल स्याउला बताउँछन् ।

प्रकाशित मिति: : 2020-03-18 11:23:57

प्रतिकृया दिनुहोस्