उत्तर कोरियामा अघिल्लो साता ‘अभूतपूर्व’ निर्वाचन सम्पन्न भयो । मतदाताले मतपत्रमा छाप लगाउने कष्ट गर्नुपरेन । एउटै नाम ‘किम जोङ उन’ उल्लिखित मतपत्र तिनले दिनभरि लाममा बसेर मतपेटिकामा खसाए ।कम्युनिस्ट शासनको त्यो उत्तर कोरियाली निर्वाचनको समाचार पढिरहँदा हाम्रा हजारौं कम्युनिस्ट र गैरकम्युनिस्ट युवा ‘कम्युनिस्ट सोचरहित’ दक्षिण कोरिया जान भाषा परीक्षाको तयारी गरिरहेका थिए । हाम्रा लागि आजको मितिमा महत्त्वपूर्ण पाठ बन्न सक्छन् यी दुई कोरिया ।