सरकारले अब बेरोजगार भत्ता नदिने

काठमाडौंप्रेस

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष सुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम यो वर्ष पनि ढिलाइ भएको छ। अब यो कार्यक्रममार्फत बेरोजगार भत्ता नदिइने भएको छ।

प्रधानमन्त्री ओलीले गत वर्ष कार्यक्रमको सुरुआत गर्दा युवालाई वर्षमा सय दिनको रोजगार दिने र रोजगार नपाउनेलाई बेरोजगार भत्ता दिने घोषणा गरेका थिए। प्रधानमन्त्री रोजगार कार्यक्रमले त्यहीअनुसार, निर्णय पनि गरेको थियो। अब भने बेरोजगार भत्ता नदिइने भएको छ।

अब बेरोजगार भत्ता नदिने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले बताए। ‘कामलाई प्राथमिकता दिन लागेकाले भत्ता नदिने निर्णय गरेका छौ, सोहीअनुसार परिपत्र समेत गरेका छौ,’ प्रवक्ता घिमिरेले भने।

गत वर्ष पनि बेरोजगार भत्ता दिइएको थिएन्। यो आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरिएको थियो।

गत वर्ष अन्तिम सयममा सुरू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम यो वर्ष पनि ढिलाइ भएको छ। चालु आर्थिक वर्षको कार्यक्रमका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमको पूर्ण विवरण प्राप्त भएका स्थानीय तहलाई निकासा गरिसकेको छ।

प्रकाशित मिति: : 2020-03-18 07:26:20

प्रतिकृया दिनुहोस्