अमेरिकामा कोरोनाको हाहाकारबीच मंगलबार चार राज्यमा प्राइमरी चुनाव हुदैछ। ती राज्य इलियोय, एरिजोना, ओहायो र फ्लोरिडा हुन् । तीन राज्यले सार्ने कुरा नगरे पनि ओहायोका गभर्नरले त अन्तिम समयमा सार्ने प्रस्ताव पनि गरेका थिए। तर, उनको प्रस्ताव कामयाव नभएपछि ओहायोमा पनि निर्वाचन हुने भएको छ।
डेमोक्रेटिक पार्टीमा इलियोयमा १५५, एरिजोनामा ६७, ओहायोमा १३६ र फ्लोरिडामा २१९ गरी ५७७ डेलिगेट्सका लागि निर्वाचन हुदैछ। अहिले जो बाइडन ८४५ र बर्नी स्याण्डर्स ६९४ र तुल्सी गवार्ड २ डेलिगेट्सका साथ उम्मेद्वारी प्रतिस्पर्धामा छन्। डेमोक्रेटिक पार्टीमा राष्ट्रपति उम्मेद्वार जित्न १९९१ डेलिगेट्स आवश्यक हुन्छ। अहिलेको अवस्थामा त्यो जादुगरी संख्या कसैको पनि नपुग्ने लगभग निश्चित छ।
अमेरिकाको सीडीसीले ५० जना वा त्योभन्दा बढी एकै ठाउँमा भेला हुन नहुने निर्देशिका जारी गरिसकेको छ।अझ ह्वाइट हाउसले त १० जनाको सीमा तोकेको छ र दुई व्यक्तिको बीचको दूरी पनि कम्तिमा ६ फुट हुनुपर्ने भनेको छ। मानिसहरूलाई भरसक सार्वजनिक स्थानमा नजानु भनिएको छ र अझ ६० वर्षभन्दा माथिकालाई त बाहिर निस्कनै निरूत्साहित गरिएको छ।
उता, रिपब्लिकन पार्टीमा भने इलियोयमा ६७, ओहायोमा ८२ र फ्लोरिडामा १२२ गरी २७१ डेलिगेट्सका लागि निर्वाचन हुदैछ। रिपब्लिकन पार्टीमा उम्मेद्वार हुन १२७६ डेलिगेट्स चाहिन्छ। अहिलेसम्म डोनल्ड ट्रम्पले १११३ डेलिगेट्स जित्दा उनका प्रतिस्पर्धी मासाचुसेट्सका पूर्व गभर्नर वेल्डले १ प्रतिस्पर्धी जितेका छन्। भोलिको निर्वाचनपछि ट्रम्पले उम्मेद्वार हुनका लागि चाहिने आवश्यकभन्दा धेरै नै डेलिगेट्स जितिसकेका हुनेछन्।
अमेरिकाको सीडीसी (सेन्टर फर डिजिज सेन्टर एन्ड प्रिभेन्सन)ले ५० जना वा त्योभन्दा बढी एकै ठाउँमा भेला हुन नहुने निर्देशिका जारी गरिसकेको छ।अझ ह्वाइट हाउसले त १० जनाको सीमा तोकेको छ र दुई व्यक्तिको बीचको दूरी पनि कम्तिमा ६ फुट हुनुपर्ने भनेको छ। मानिसहरूलाई भरसक सार्वजनिक स्थानमा नजानु भनिएको छ र अझ ६० वर्षभन्दा माथिकालाई त बाहिर निस्कनै निरूत्साहित गरिएको छ।
यस्तो भयावह अवस्थामा हुन लागेको निर्वाचनमा मतदाताको सहभागितालाई लिएर चासो र चिन्ता व्यक्त गरिएको छ। वृद्धवृद्धा मतदाताको न्युन सहभागिता हुँदा त्यसबाट बाइडनलाई नोक्सान हुने अनुमान पनि केही राजनीतिक विश्लेषकले गरेका छन्। उनीहरू युवा मतदाता बर्नीको पक्षमा रहेको र उनीहरूको सहभागिता बढी हुँदा बर्नीलाई फाइदा हुन सक्ने ताउँछन्।