बलिउड सेलिब्रेटीमा कोरोनाकाे असर: सन्नी लियोनी दिक्क, प्रियंका कुकुरसँग व्यस्त

विश्वभर महामारीको रूमलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ले विश्वबजारमा असर पुर्‌याइरहेको छ। त्यसको असर बलिउड सेलिब्रेटी पनि परेको छ। उनीहरु कामविहीन भएका समाचार सार्वजनिक भएका छन्। 

बलिउडका चर्चित सेलिब्रेटीहरू दीपिका पादुकोण,सन्नी लियोनी, करिना कपुर, आमिर खानलगायत सबैजना फुर्सदिला भएका छन्।

सरकारले भीडभाडमा नजान तथा भीड हुने कार्यक्रम बन्द गर्नका साथै फिल्म हलहरू बन्द गरेसँगै उनीहरू फुर्सदिला भएका हुन्। उनीहरूले आफू फुर्सदिलो भएको सामाजिक सञ्जालमा पोस्ट गर्दै व्यक्त गर्न थालेका छन्।

यसैक्रममा अभिनेत्री दीपिका पादुकोण पनि कोरोना भाइरसको प्रभावले घरमै छिन्। उनी घरमै सरसफाइको काममा व्यस्त बनेकी छन्। उनले पनि इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू सरसफाइमा लागेको जानकारी गराएकी छन्।

यता प्रियंका चोपडा पनि फुर्सद मै छन्। उनी घरमा कुकुरसँग खेलिरहेको तस्बिर सामाजिक संजालमा भाइरल बन्दै गएको छ। 

यता अभिनेत्री सन्नी लियोनीले कोरोना भाइरसका कारण आफू फुर्सदिलो भएको र दिक्क लागेको उल्लेख गरेकी छन्। उनले इन्स्टाग्राममा वाइनसहितको एक भिडियो पोस्ट गरेकी छन्, उनी ब्याग्राउन्डमा बजिरहेको सङ्‌गीतसँग खेलिरहेकी छन्। तथापि, उनले घरमै बस्नुपर्दा निकै दिक्क भएकोसमेत भिडियोसँगको पोस्टमा उल्लेख गरेकी छन्।

यसैगरी अभिनेत्री करिना कपुरले पनि इन्स्टाग्राममा केही फोटो पोस्ट गर्दै घरमै समय बिताइरहेको उल्लेख गरेकी छन्। उनले कोरोना भाइरसका कारण घरमै बस्दाको समय आफ्ना आफन्तहरूसँग बिताइरहेकी छन्।

प्रकाशित मिति: : 2020-03-17 04:48:20

प्रतिकृया दिनुहोस्