ग्यासको हाहाकार : दोषी उपभोक्ता नै !

मासिक ६ हजार मेट्रिक टन बढी ग्यास आपूर्ति, तैपनि अभाव

रातोपाटी

काठमाडाै‌ं

 विश्वमा कोरोनाभाइरसको महामारीको सन्त्रासकाबीच नेपाली बजारमा भान्सामा दैनिक प्रयोग हुने एलपिजी ग्यासको अभाव देखिएको छ । सर्वसाधारणको प्रत्यक्ष जनजीवनसँग जोडिएको दैनिक उपभोग्य वस्तु ग्यास लगायत अन्य खाद्यान्नको अभाव हुँदा यतिखेर बजार तरंगित हुन पुगेको छ । एकातिर कोरोनाको सन्त्रास र अर्कोतर्फ दैनिक उपभोग्य वस्तुहरुको समेत बजारमा चरम अभाव हुँदा सर्वसाधारणहरु थप आक्रान्त बनेका छन् । यतिखेर बजार अभावलाई नै लिएर उपभोक्ता हित संरक्षण सम्बद्ध निकायहरु आन्दोलित भएका छन् ।

तर, यता सम्बन्धित निकाय नेपाल आयाल निगम र नेपाल सरकारले भने बजारमा त्यस्तो कुनै अभाव नभएको बताइरहेको छ । बरु यो समयमा गत वर्षको भन्दा पनि बढी पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको निगमको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष झण्डै १५ प्रतिशतले ग्यासको बढी आपूर्ति भएको निगमको दाबी छ ।

प्रकाशित मिति: : 2020-03-17 04:00:41

प्रतिकृया दिनुहोस्