डीभी र गैरआप्रवासी भिसा ‘अपोइन्टमेन्ट’ बन्द

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा रहेको अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसाका नियमित ‘अपोइन्टमेन्ट’अनिश्चितकालका लागि रद्द गरेको छ। 

दूतावासले सोमबार सूचना निकालेर कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमणको कारण मंगलबारदेखि लागु हुने गरी डीभी तथा गैरआप्रवासी भिसाका नियमित ‘अपोइन्टमेन्ट’रद्द गरेको जानकारी हो। 

दूतावासले निकालेको सूचनामा जतिसक्दो चाँडो भिसा सेवा पुनःसञ्चालन गर्ने तर अहिले नै समय तोक्न भने नसकिने जनाएको छ। भिसा शुल्क जुन देशमा भुक्तानी गरिएको हो, त्यही देशमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासले जनाएको छ। 

दूतावासले अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ। यात्रा गर्नैपर्ने अवस्थामा भने आकस्मिक ‘अपोइन्टमेन्ट’अनुरोध गर्न सकिने दूतावासले जनाएको छ। 

प्रकाशित मिति: : 2020-03-17 02:50:42

प्रतिकृया दिनुहोस्