कोरोना भाइरसको त्रास हटाउन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले यात्रु सचेतना अभियान सुरु गरेको छ।
जिल्लाको वनदेउ नाकाबाट एक समारोहकावीच वागमती प्रदेश कार्यालय हेटौँडाका निमित्त प्रमखु किशोर कुमार दाहाल र कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जनले संयुक्त रुपमा यात्रु तथा चालकलाई कोरोना बारेमा छोटो जानकारी र सचेतना मुलक पर्चा वितरण गरेका हुन्।
सो अवसरमा एसपी महर्जनको अगुवाईमा याुत्र सहायता कक्षसहित कोरोना हेल्प डेस्क स्थापना गरेर यात्रु सचेतना अभियान सुरु गरिएको थियो। छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाईरस विरुद्धको सचेतना अभियान वागमती प्रदेश प्रहरीको अभियानलाई साथ दिदै यात्रु सचेतना अभियान सुरु गरेको एसपी प्रज्वल महर्जनले बताए।
सवारी चालक र यात्रुहरुलाई पर्चासहित गरिएको सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने सो अवसरमा बोल्दै वागमती प्रदेश कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले बताए।
वागमती प्रदेश प्रहरी कर्यालय हेटौँडाको कोरोना भाईरस विरुद्धको सचेतना अभियान अन्र्तगत चीनसगँ सिमा नाका जोडिएको यस जिल्लाबाट जाने तथा आउने यात्रुलाई वसमा नै चढेर सचेतना मुलुक पर्चा वितरण गर्दै यात्रु सचेतना अभियान सुरु गरिएको थियो।
दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउने, कोरोना विरुद्ध सचेतना र स्वास्थ्य प्रति सजक गराउन कार्यक्रमको आयोजना गरेको एसपी महर्जनले प्रष्ट पारे।
यो जिल्ला चीनसगँ सिमा जोडिएको छ, उनले भने जनताको स्वास्थ्यमा ध्यान दिदै सुरु गरिएको अभियानले राम्रो सन्देश दिने हाम्रो अपेक्षा हो।