सीमानाका अरुलाई बन्द, भारतीयलाई खुला

सुदूरपश्चिमका धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकीलगायत सबै सीमानाकाबाट भारतबाहेक अन्य मुलुकका नागरिकलाई आउजाउ गर्न शनिबार रातिदेखि रोक लगाइएको छ। अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले अध्यागमन विभागले भारतबाहेक अन्य (तेस्रो) मुलुकका कुनै पनि नगारिकलाई सीमानाकाबाट आउजाउमा रोक लगाउन परिपत्र गरेको बताए। ‘हामीलाई तेस्रो मुलुकका कुनै पनि नागरिकलाई आउजाउमा रोक लगाउनु भनेर परिपत्र आएको छ, त्यसै अनुसार काम भएको छ’, उनले भने, ‘त्योबाहेक अन्य कुनै निर्णयको जानकारी छैन।’ परिपत्रअनुसार चैत १ (मार्च १४) गते राति १२ बजेदेखि तेस्रो मुलुकका नागरिकलाई सीमानाकाबाट बाहिरिन र भित्रिन रोक लगाइएको उनले बताए। तेस्रो मुलुकका नागरिकलाई अप्रिल ३० सम्म सीमानाकाबाट आउजाउमा रोक लगाउन पत्रिपत्र भएको उनले बताए। भारतीय नागरिक र नेपाली नागरिक भने निर्बाध रुपमा ओहोरदोहोर गरिरहेको उनले बताए।

प्रकाशित मिति: : 2020-03-16 20:03:52

प्रतिकृया दिनुहोस्