५ रेक्टरको भूकम्पको धक्का

कास्की जिल्ला आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर आइतबार राति ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आइतबार राति ८ बजेर ४५ मिनेट जाँदा गएको भूकम्पको धक्काको महसुस कास्की आसपासको जिल्लामा समेत गरिएको छ। 

भूकम्पबाट कुनै पनि क्षति भएको जानकारी आएको छैन।

प्रकाशित मिति: : 2020-03-16 10:53:20

प्रतिकृया दिनुहोस्