प्रदेश २ का मुख्यमन्त्रीले भने– बरु आमरण अनसन बस्छु तर राजीनामा दिन्नँ

रातोपाटी

काठमाडौं

प्रदेश सरकार गठन भएदेखि नै विभिन्न कारणले चर्चामा आइरहने प्रदेश २ मा एउटा चर्चा सेलाउन नपाउँदै अर्को चर्चा थपिने क्रम जारी छ । कहिले मुख्यमन्त्रीको अभिव्यक्ति, कहिले त्रुटिपूर्ण विधेयक त कहिले उपभोक्ताको भुक्तानी लगायतको विषयमा प्रदेश २ चर्चामै रहन्छ ।

यसपटक पनि मुख्यमन्त्री लालबाबु राउतको एउटा अभिव्यक्तिले प्रदेश २ मा पुनः चर्चा चुलिएको छ । मुख्यमन्त्री राउतले फागुन ३० गते प्रदेश संसदमा आफ्नो धारणा राख्ने क्रममा संघीय सरकारले कर्मचारीलाई संघीयता समाप्त गर्नका लागि ट्रेन्ड (तालिम) गरी पठाएको आरोप लगाएका थिए ।

कर्मचारीकै कारण संघीयता समाप्त हुन लागेको भन्दै उनले प्रदेशमा कार्यरत कर्मचारीहरु संघीय सरकारकै इशारामा काम गर्न थालेको आरोप लगाए । उपभोक्तालाई गत आर्थिक वर्षको बाँकी भुक्तानी रकम दिन पनि कर्मचारीबाटै ढिलासुस्ती भइरहेको बताउँदै उनले आफ्नो कारणले उपभोक्ताको रकम नरोकिएको दावी गरे ।

प्रकाशित मिति: : 2020-03-16 05:40:28

प्रतिकृया दिनुहोस्