अभिनेत्री तनुश्री दत्तामाथि अभिनेता नाना पाटेकरको संस्था ‘नाम फाउन्डेसन’ले २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ।
बम्बई उच्च अदालतमा दायर भएको आवेदनमा नाना पाटेकर र मकरन्द अनासपुरेले सन् २०१५ मा सुरु भएको ‘नाम फाउन्डेसन’ले सिँचाइको अभाव भएका कृषकहरूको अवस्था सुधार्न काम गरिरहेको थियो।
तनुश्रीले सन् २०२० जनवरीमा एक पत्रकार सम्मेलनमार्फत सो संस्थामाथि पनि आरोप लगाएकाले संस्थाको प्रतिष्ठामा आँच आएको उल्लेख गरेका छन्।
यद्यपी बलिउडमा ‘मीटू’ अभियान चलाएकी तनुश्रीले नाना पाटेकरको नाम र फाउन्डेसनमाथि कुनै पनि प्रकारको आरोप लगाउन नपाउने भन्दै उच्च अदालतले आदेश दिएको थियो।
स्मरण रहोस्, तनुश्रीले सन् २०१८ को अक्टोबरमा ‘हर्न ओके प्लिज’को फिल्म सुटिङका दौरान नानामाथि गलत आशयले छोएको र यौनहिंसा गर्ने कोसिस गरेको आरोप लगाएकी थिइन्।
नानाले उक्त आरोपको खण्डन गर्दै आएका छन्। नानाविरुद्ध कुनै ठोस प्रमाण जुटाउन नसकेपछि हालै प्रहरीले उक्त आरोप गलत भएको ठहर गरेको थियो।