विश्व मानचित्रमा नेपाल आज फरक रङगमा रंगिएको छ। संसारका बाँकि देशलाई कोरोना भाइरसले रातो र कालो बनाउँदा नेपाल हरियो देखिएको छ।
चित्रमा रातो रङगले कोरोना संक्रमण भएका देश जनाउँछ भने कालो रङ्गले कोरोना भाइरस संक्रमणले मानिसको ज्यान नै लिएका देश जनाउँछ। हरियो रंगले त्यस्तो देश जनाउँछ जुन देशमा कोरोना संक्रमित छैनन्, न कसैले कोरोना भाइरसलाई आफ्नो जीवन नै सुम्पनु परेको छ।
त्यो देश हो नेपाल। यसो भन्दा भूगोलका होस् वा भावनाका, हरेक नेपालीको छाति चौडा हुनुपर्छ।
तर, यसलाई के भन्ने - नेपालीको भाग्य वा नियतिको खेल ? या श्रीपशुपतिनाथको कृपा ? जे भने पनि यो नेपाल र नेपालीका लागि सन्तोष र गौरवको विषय हो ।
संसार कोरोनाको कहरमा हुँदा यसको प्रारम्भभूमि चीनसँगै सिमाना जोडिएको नेपाल त्यो कहरबाट जोगिनु चानचुने कुरा हैन। उता, दशगजा पारिको भारत पनि यो संक्रमणबाट क्रमशं थलिदै छ।सार्कका बाँकि देश त्यही कित्तामा छन्। तर, हिमाली देश हरियो रंगमा सजिएर भनिरेहको छ, अल इज वेल।
यसो भन्दा अमेरिकी पनि चकित खान्छन्। मेरा एकजना सहकर्मी प्राभध्यापक डाक्टर मार्था छक्क पर्दै भनी, हँ, तिमी ठट्टा गर्दैछौं । अनि मैले यही तस्विर देखाएर भने, तस्बिर आफैं बोल्छ। अनि, उनले पत्याइन् र भनिन्, तिम्रो देशको स्वास्थ्य राम्रो रहेछ। उनले आफ्नो देशको बारेमा चिन्ता व्यक्त गर्दै भनिन्, ' अमेरिका राष्ट्रिय संकट लगाएर कोरोनासँग पौठेजोरी खेलिरहेको छ। तर, हेर त हरेक दिन हामी सयौै रोगी थपिरहेका छौं र केही आफ्ना प्रियजन गुमाइरहेका छौं।' अनि उनले यो पनि सम्झाउन भुलिनन्, हामी अमेरिका फस्ट भन्छौं रआफूलाई विश्वकै एक मात्र महाशक्ति राष्ट्र पनि ठान्छोैं।'
मेरी साथी मार्थाको कुराले मलाई नेपाली हुनमा गर्व लाग्यो। उनी मबाट केही सुन्न चाहिरहेको जस्तो लाग्यो र मैले थपे, ' मार्था यो हाम्रो अप्ठ्यारो बचाइले दिएको आशीष हो। हामीले आधारभूत आवश्यकता बिनाको जीवन बाँचेका छौं, त्यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता यति बढाइ दियो कि कोरोना भाइरस नै हामीसँग पराजित छ।'
उनले सोधिन्, 'तिम्रो सरकार राम्रो होला ? उसको नीति र व्यवस्थापन राम्रो होला ?'
एक मनले त भन्यो ढाटिदिउँ। तर, अर्को मनले भन्यो, यस्तो संवेदनशील विषयमा झुट बोल्नु हुदैन। अनि मैले भर्खरै सार्वजनिक भएको मेरो ईब्लगिङमा मेरो देशको स्वस्थ प्रधानमन्त्रीको तस्बिर देखाएँ । र, मेरोा स्वास्थ्यमन्त्रीको भनाइको कटिङ पनि देखाएँ।' त्यसपछि त ऊ झनै छक्क परी।
घर फर्कने वित्तिकै काठमाडोैंबाट आमाको फोन आयो, ' काइला, कोरोनाले त केही गरेको छैन नि ?' ९० वर्षको यो उमेरमा पनि आमालाई मेरै चिन्ता। मैले भने, 'आमा तपाईंको हात मेरो शीरमा रहुञ्जेल त्यस्ले के गर्न सक्छ र ?' उनलाई शान्तवना दिने सोचले भने, 'आमा आएको त थियो तर राममायाको छोरो भनेपछि आफैं भाग्यो।'
मैले भने, 'मार्था, यो हाम्रो उच्च मनोबल, प्राकृतिक वरदान र विश्वासको जीत हो।'
उनलाई कक्षा लिन ढिलो भैरहेको थियो, कुनै अर्को दिन कुरा गरौला भनेर उनी निस्किइन्। हामी कोरोना समाचार नबन्ने कामना गर्दै नमस्ते गरेर बाँडियौ। मैले केही दिन यता उनलाई नमस्ते सिकाएको छु। भेटेपछि हामी नमस्ते साटी हाल्छौंं।
हामी दुबैलाई थाहा छ, म बसेको उनको सहरमा कोरोना संक्रमण पसिसकेको छ। सहरका मेयरले संकटकाल घोषणा गरिसकेका छन्।
मैले कक्षामा विद्यार्थीहरूलाई हरियो रंगको मेरो देश देखाएर भने, 'विश्व कोरोनासँग हारेको छ तर मेरो देशले त्यही कोरोनालाई हराएको छ।'
उनीहरूले भने, 'वधाइ सर।'
मैले मेरो देशलाई सम्झें र धन्य भएँ।
घर फर्कने वित्तिकै काठमाडोैंबाट आमाको फोन आयो, ' काइला, कोरोनाले त केही गरेको छैन नि?'
९० वर्षको यो उमेरमा पनि आमालाई मेरै चिन्ता । मैले भने, 'आमा तपाईंको हात मेरो शीरमा रहुञ्जेल त्यस्ले के गर्न सक्छ र?' उनलाई शान्तवना दिने सोचले भने, 'आमा आएको त थियो तर राममायाको छोरो भनेपछि आफैं भाग्यो।'
यति भनेपछि आमा पनि मुस्कुराउनु भयो। ल त राखे है भन्दै फोन राखिदिनु भयो। त्यति भएपछि मलाई के चाहियो र ? हरियो रंगको मेरो देशलाई धेरैबेर सम्झिरहें।
छोराले सीएनएनको हवाला दिदै भन्यो, 'बाबा अमेरिकामा ५८जना मरिसकेछन् नि कोभेड-१९ बाट।'
मैले जवाफ दिन सकिरहेको थिइँन, हाम्रा आँखा जुधें, हामी दुबैले आँखाको भाषा बुझ्यौं। हामी दुबैका अनुहारले केही डर देखाइरहेका थिए।