सर्बसाधरणहरु जमघट ठाउँहरु मध्यरातदेखि बन्द
द्रूत गतिमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्न असफल हुँदै गएपछि फ्रान्सका प्रधानमन्त्रीले नागरिकका लागि अत्यावश्यक पर्ने सेवा बाहेक सर्वसाधारणहरु आवत जावत गर्ने अन्य ठाउँहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन्।
शनिवार बेलुका फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले भने,‘फैलदोँ महामारीको सूचकका आधारमा रहेर मैले देशका लागि आवश्यक नपर्ने तर सर्बसाधरणहरु जमघट ठाउँहरु मध्यरातदेखि बन्द गर्दैछु। जसअनुसार रेष्टुरेन्टहरु, बारहरु, डिस्कोथेकलगायतका स्थानहरु हुनेछन्।
प्रधानमन्त्रीका अनुसार खाद्यान्न पसल, औषधि पसल, चुरोट र तमाखु किन्ने पसल, नगरपालिका र सरकारी कार्यालहरु भने खुलै रहने घोषणा गर्दै आइतबार हुन गइरहेको नगरपालिकाक पहिलो चरणको निर्वाचन भने थाति नै राख्ने घोषणा गरेका छन्।
कामदारलाई आवश्यक परेमात्र यातायातका साधन प्रयोग गर्न अनुरोध गर्दै उनले घरमै रहेर कम्यूटरमा काम गर्न अनुरोध गरेका छन्।
फ्रान्समा आजसम्म चार हजार पाँच शय कोरोना संक्रमितहरू भेटिएका छन् भने ९१ जनाको मृत्यू भएको छ।
बिहिबार फ्रान्सका राष्ट्रपतिको सम्बोधन लगत्तै सार्वजनिक यातायातका साधनहरुमा आवज जावत गर्नेहरुको संख्या ह्वात्तै घटेको थियो भने अवको यो सम्बोधन पछि फ्रान्सको सार्वजनिक यातायात सेवा लगभग ठप्प जस्तै हुने देखिएको छ।
बिहिबार साँझ देखिनै फ्रान्सका विश्व प्रसिद्द पर्यटकीय स्थलहरु लुभ्र् म्यूजियम, आइफल टावर, भेर्साइको दरवार आदि ठाउँहरुको ढोका अनिश्चितकालका लागि बन्द गरिएको थियो।
फ्रान्सका सुपरमार्केटमा केही दिन यता खानेकुराहरु रित्तिने गरी किनमेल भइरहेको छ।
उता अमेरिकामा इमरजेन्सी लागू भएपछि पेरिसवाट न्यूयोर्कको लागि बिहिबार बिहान अन्तिम जहाज उडेको छ ।