विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि छविसपाथिभेरा गाँउपालिका वडा नम्बर ३ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका एक शिक्षकले मितेरी कक्षा सञ्चालनदेखि खेर गएका खेस्रा र तासहरुको समेत प्रयोग गर्ने गर्नुभएको छ। उहाँले गाँउघरमा प्रयोग भइसकेका तासका पत्ता, खेस्रा कापी, चाउचाउ बिस्कुटका कार्टुनहरुको प्रयोगबाट शैक्षिक सामाग्री निर्माण गर्ने गर्नुभएको छ।
विद्यालयका शिक्षक पुष्पराज जोशीले अब लौरो समातेर भन्दा पनि बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरुको माध्यमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर राम्रो हुने बताउनुभयो।