एसिड पीडित मुस्कानको कथामा चलचित्र बनाउँदै रमित

अभिनेता रमित ढुंगानाले नयाँ चलचित्रको निर्माण गर्ने भएका छन्। रमितले एसिड पीडित मुस्कान खातुनको कथामा चलचित्र बनाउन लागेका हुन्। ‘रमित ढुंगाना फिल्मस्’को व्यानरबाट बन्न लागेको चलचित्रको लेखन तथा निर्देशक शिवम अधिकारीले गर्नेछन्।

उनले भने, ‘सामाजिक विषयमा र सचेतना चलचित्र बनाउन मन लागेर नयाँ ‘प्रोजेक्ट’मा काम गर्न लागेको हुँ। मुस्कानले भोग्नु परेको पिडालाई हामीले चलचित्रको पर्दामा देखाउने छौं। चलचित्रबाट एसिड आक्रमण नगर्ने सन्देश दिनेछौँ।’

मुस्कानको विषयमा बन्न लागेको चलचित्रको नाम ‘मुस्कान’ नै राखिएको छ। चलचित्रको लागि कलाकारको छनोट भइरहेको निर्माता रमितले जानकारी दिए। उनले भने, ‘मुस्कान जस्तै केटीको खोजीमा छौँ। चलचित्रमा एसिड आक्रमण पछिको अभिनय मुस्कान आफैँले गर्ने छिन्।’

उनले कोरोना भाइरसको डर हट्ने बित्तिकै छायांकन सुरु गर्ने बताए। उनका अनुसार चलचित्रको छायांकन वीरगञ्जमा हुनेछ।

धेरै चलचित्रमा अभिनय गरिसेकका रमितले यसअघि दुई चलचित्र निर्माण गरिसकेका छन्। रमितले २०६१ सालमा चलचित्र ‘माया नमार’ निर्माण गर्दै सोही चलचित्रबाट डेब्यु गरेका थिए। चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ पनि रमितले नै निर्माण गरेका हुन्।

स्मरण रहोस्  चलचित्र ‘बुद्ध वर्न इन नेपाल’को विशेष शो आयोजना गरेर मुस्कानलाई रमितले सहयोग गरेका थिए। विशेष शोबाट उठेको रकमसँगै केही रकम थपेर जोडेर मुस्कानलाई हस्तान्तरण समेत उनले गरेका थिए।

प्रकाशित मिति: : 2020-03-15 02:48:34

प्रतिकृया दिनुहोस्