कोरोना त्रासले नयाँ चलचित्र नलागेपछि ‘सेन्टी भाइरस’ र ‘आमा’लाई फाइदा

कोरोना भाइरसको त्रासले यो शुक्रबार कुनै नेपाली चलचित्र प्रर्दशनमा नआएपछि बलिउड चलचित्र ‘अंग्रेजी मिडियम’ र हलिउड चलचित्र ‘ब्लड सट’  प्रदर्शनमा आएका छन्।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शुक्रबारदेखि प्रदर्शनमा आउने भनेर प्रचारप्रसार गरिउको भएपनि कोरोना भाइरसको त्रासले यो चलचित्रलाई अनिश्चितकालका लागि पछाडि धकेलिएको छ। अभिनेत्री पूजा शर्माले चलचित्रको रिलिज मिति चाँडै सार्वजनिक गर्ने बताएकी छिन्।

त्यस्तै, चैत ७ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘नीरफूल’को प्रदर्शन पनि अनिश्चितकालका लागि स्थगित भयो। यी चलचित्र कहिले प्रदर्शनमा आउने हुन् टुंगो छैन्।

अहिले हलमा तीन साताअघि प्रदर्शनमा आएका नेपाली चलचित्र ‘सेन्टी भाइरस’, ‘आमा’ प्रदर्शनमा छन्। ‘आमा’ मल्टिप्लेस र सिंगल दुवैमा रहेपछि ‘सेन्टी भाइरस’ सिंगल हलमा मात्र छ। गत साता प्रदर्शनमा आएको बलिउड चलचित्र ‘बागी ३’ हलमा प्रदर्शनरत छन्।
 

प्रकाशित मिति: : 2020-03-15 00:29:58

प्रतिकृया दिनुहोस्