‘लप्पन छप्पन २’को ‘झुसे बारुलो’ सार्वजनिक

चलचित्र ‘लप्पन छप्पन २’मा समावेश ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको छ। यो गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ। यस्तै, गीतमा आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर छ।

चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुवँर, एन्जल श्रेष्ठको मुख्य भूमिका छ। साथमा यो चलचित्रबाट शक्ति श्रेष्ठ, आना ढकाल, श्रृजना सिना लगायतले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन्।

चलचित्रमा मुकुन्द भट्ट, सुनिल न्यूरे र अमित शर्माको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसी र मुकुन्द भट्टको एक्सन तथा मिलन श्रेष्ठको सम्पादन छ। 

चलचित्रमा चीजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र, सुदिपचन्द्र भाक्रेल, सन्तोष चन्द्र भाक्रेलको लगानी छ। या‍े चलचित्र वैशाखको १२ गतेदेखि प्रदर्शनमा आउने छ।

प्रकाशित मिति: : 2020-03-15 00:06:56

प्रतिकृया दिनुहोस्