माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट बिल गेट्सले दिए राजीनामा

एजेन्सी

काठमाडाै‌ं

बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन्। सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएका हुन्।

माइक्रोसफ्टका अनुसार विश्वको धनाड्य व्यक्ति बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन्। 

बिल गेट्स माइक्रोसफ्ट कम्पनीको सहसंस्थापक हुन्। उनले सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए। सन् २००० सम्म बिल गेट्सले माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका थिए।

उनको राजीनामापछि कम्पनीको बोर्डमा अब १२ सदस्य बाँकी भएका छन्। अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनेछन्। 

माइक्रोसफ्टको हालका सीईओ सत्या नडेलाले बिल गेट्ससँग काम गर्न पाउनु आफ्नालागि गौरवको कुरा भएको बताएका छन्।

नडेलाले भनेका छन्, ‘बोर्डलाई गेट्सको मार्ददर्शन प्राप्त भयो। बिल गेट्सको सल्लाहको फाइदा कम्पनीले आगामी दिनमा पनि पाइरहने छ।’

प्रकाशित मिति: : 2020-03-14 23:48:12

प्रतिकृया दिनुहोस्