बारा– फेटा गाउँपालिका–३ पुरैनियामा मंगलबार मध्यान्ह राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पुग्दा रेकमा खातुन डाँको छाडेर रुँदै थिइन्।
‘मेरो बावु .. मेरो बावु खोई?’
रेकमा जति जोड्ले छाती पिटेर रुन्थिन् उनको काखमा रहेकी दुई वर्षीया छोरी पनि उत्तिकै कडा स्वरमा चिच्याउँदै रुरुँदै गरेको दृश्यले देखेर जो–कसैको मन रुन्छ। आइतबारको विनाशकारी आँधीका कारण रेकमाले आफ्नो ३ वर्षीय छोरा फैयाज अन्सारीलाई गुमाएकी थिइन्। महताेले नरुन भन्दै अनेकन ढाडस दिँदासम्म उनी रुन राेकिन सकिनन्।