कोरोना त्रास: आयरल्याण्डका स्कुल कलेज बन्द

एजेन्सी

काठमाडाै‌ं

रिफब्लिक अफ आयरल्याण्डले स्कुल, कलेज र सार्वजनिक उद्योगहरु बन्द गर्ने घोषणा गरेको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भनेर गरिएको घोषणा बिहीबार रातिबाट लागू हुनेछ र २९ मार्चसम्म कायम रहने गरि यो घोषणा गरिएको हो।

आइरिस प्रधानमन्त्री लियो भराड्काकाअनुसार १०० भन्दा बढी मानिस भेला हुने इण्डोर र ५०० भन्दा बढी भेला हुने खुला कार्यक्रम तथा सभाहरु रद्द गर्नु पर्नेछ। 

उनले सम्भव भएसम्म एकअर्काबाट टाढा रहनुपर्नेमा जोड दिएका छन्।
 

प्रकाशित मिति: : 2020-03-13 09:37:26

प्रतिकृया दिनुहोस्