स्पेनिस ला लिगाका खेल स्थगित भएका छन्। ला लिगाले कम्तिमा दुई साताका लागि खेल स्थगित गरेको हो।
विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणको खतराका कारण खेलहरु स्थगित गरिएको हो। स्पेनिस मिडियाका अनुसार रियल मड्रिडको टिम नै क्वारेन्टाइनमा बस्ने भएको छ।
मड्रिडका बास्केटबल खेलाडीलाई कोरोना भाइरस देखिएपछि फुटबल टिम क्वारेन्टिइनमा बस्ने भएको हो।
ती बास्केटबल खेलाडीले फुटबल खेलाडीसँग एउटै सुविधामा अभ्यास गर्ने गरेका थिए।
यता बिहीबार च्याम्पियन्स लिगअन्तर्गत रियलले म्यानचेस्टर सिटीसँग खेल्ने तय छ।
ला लिगामा रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा छ। ला लिगामा रियलले शुक्रबार इबारसँग खेल्ने खेलतालिका छ।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको ५८ र रियलको ५६ अंक छ। लिगमा अझै ११ चरणका खेल बाँकी छ।