रुसी र टर्किस राष्ट्रपतिबीच मस्कोमा वार्ता हुने

एजेन्सी

काठमाडाै‌ं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस् राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने बताइएको छ।

रुसी राष्ट्रपति र टर्किस राष्ट्रपतिबीच बिहीबार मस्कोमा वार्ता हुने समाचारमा जनाइएको छ। उनीहरु बीच सिरियाको विषयमा वार्ता हुने समाचारमा उल्लेख गरिएको छ।

सिरियाको इद्लिव प्रान्तमा बढ्दो द्वन्द्वका विषयमा सो वार्ता हुनेछ।

सिरियामा पछिल्लो समयमा आप्रवासीहरुबीच ठूलो द्वन्द्व सिर्जना भएको र जसका कारण त्यहाँको अवस्था बिग्रिँदै गएपछि २ राष्ट्रप्रमुखबीच भेटवार्ता हुन लागेको हो।

मस्कोका लागि प्रस्थान गर्नुअघि टर्किस राष्ट्रपति एर्डोगानले सिरियाको इद्लिब र लगभग अरु क्षेत्रको पनि अवस्था बिग्रिँदै गएको र आगामी बिहीबार यसै विषयमा हामी वार्तामा बस्न लागेकोले विश्वको ध्यान नै हामीमाथि रहेको बताए।

वार्तामा विशेषगरी इद्लिबको युद्धविरामका विषयका साथै सिरियामा शान्ति स्थापनाका विषयमा पनि आवश्यक मात्रामा कुराकानी हुने रुसले जनाएको छ।

गएका केही हप्तायता सिरियामा टर्कीका दर्जनौँ सेना मारिएका छन्। मारिएका ती सैनिकको विषयमा रुसी राष्ट्रपति पुटिनले टर्कीलाई समवेदना सन्देश पठाएका थिए।

यस अवधिमा सिरियाली सैनिकले पनि ठूलो मात्रामा क्षति ब्यहोर्नुपरेको टर्कीले जानकारी दिएको छ।

सिरियामा सन् २०११ बाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो। 

प्रकाशित मिति: : 2020-03-12 04:06:19

प्रतिकृया दिनुहोस्